आइएमई पे र एजुकेसन पार्कबीच सम्झौता, आईईएलटीएस र पीटीई कक्षामा ५० प्रतिशत छुट

आइएमई पे र एजुकेसन पार्कबीच सम्झौता, आईईएलटीएस र पीटीई कक्षामा ५० प्रतिशत छुट


बैंकिङ्ग समाचार, काठमाडौं- डिजिटल वालेट आइएमई पे र एजुकेसन पार्कबीच सम्झौता भएकाे छ । आइईएलटीएस र पीटीईको तयारी कक्षामा ५०% छुट दिनेगरी दुई पक्षबीच सम्झौता भएको हाे ।

सम्झौता अनुसार एजुकेसन पार्कमा आईईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पेमार्फत शुल्क भुक्तानी गर्दा छुट पाउनेछन्। छुट योजना तीन महिनासम्म लागू हुने आइएमई पेले जनाएकाे छ । पहिले कक्षा बुक गर्ने विद्यार्थीहरूले आफ्नो समय अनुसारको कक्षाको छनाेट गर्न सक्ने बुधबार प्रेस विज्ञप्तिमार्फत आइएमई पेले जनाएकाे छ ।

यस याेजनाले विदेश जान कक्षा लिन चाहने विद्यार्थीहरूलाई सहज हुने विश्वास कम्पनीहरूकाे छ ।