नेपाल लाइफको ५ लाख संस्थापक शेयर बिक्रीमा

नेपाल लाइफको ५ लाख संस्थापक शेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्राइभेट लिमिटेडको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । कम्पनीले नेपाल लाइफको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

यो शेयरमा संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।