हिमालयन रिको आईपीओ आज बाँडफाँड हुँदै,कतिले पाउलान् ?

हिमालयन रिको आईपीओ आज बाँडफाँड हुँदै,कतिले पाउलान् ?


बैंकिङ्ग समाचार, काठमाडौं ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ आज पुस ११ गते बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी गरिएको हो । कम्पनीले मंसिर २७ गतेबाट शेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन दिएका छन् । यस कम्पनीको आईपीओ सबै आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित छ ।