क्रिसमसमा इसेवा केयर सुविधाअन्तर्गत ३६ हजारसम्म क्यासब्याक

क्रिसमसमा इसेवा केयर सुविधाअन्तर्गत ३६ हजारसम्म क्यासब्याक


बैंकिङ्ग समाचार

काठमाडाैं- भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयर सुविधामा क्रिसमस अफरअन्तर्गत ३६ हजार क्यासब्याक पाइने अफर सार्वजनिक गरेको छ। दैनिक एक रुपैयाँभन्दा कममै हेल्थ केयर सुविधा लिन सकिने इसेवा केयरमा यस्तो अफर सार्वजनिक गरिएको हो । अफरअन्तर्गत वर्षको ३६० रुपैयाँमा २ लाख ३० हजार सम्मको कभरेज प्रदान हुने कम्पनीले जनाएकाे छ ।

यो सेवा पौष ८ गते खरीद गरेमा एक जना भाग्यशाली विजेताले सय गुणा अर्थात् ३६ हजारको क्यासब्याक पाउनेछन् । इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ ।

सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एप्स गइ इसेवा केयर सेवाअन्तर्गत दैनिक १ रुपैयाँ भन्दा कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै अस्पताल भर्ना बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन्। यस प्याकेजअन्तर्गत हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट २३०००० सम्मको दुर्घटना उपचार खर्च र अस्पतालको बेड शुल्कको बीमा दाबी गर्न सकिनेछ ।

जसअन्तर्गत अस्पतालको बेड चार्जमा १० हजार रूपैयाँसम्म र दुई लाख २० हजारसम्मको दुर्घटना बीमा उपलब्ध रहेकाे छ । विभिन्न स्वास्थ्य सेवामा ३० प्रतिशत सम्मको छुट पनि पाउने व्यवस्था गरिएको छ।

यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्नेछ । खरिदकर्ताले इसेवा मार्फत पनि डकुमेन्ट बुझाएर दाबी भुक्तानीको लागि प्रकृया सुरु गर्न सक्छन्।