बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय डिजिटलाइजेसन बढ्दै गएको भन्दै उनले बैंकिङ्ग क्षेत्रमा प्रविधिको विकास पनि बढिरहेको बताएका छन् । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट (बीएफएसएल) २०२३ समिटमा सहभागि हुँदै अधिकारीले यस्तो बताएका हुन् ।
उनले हालसम्म ७० प्रतिशत मानिसहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरिरहेको जानकारी दिएका छन् । गभर्नर अधिकारीले देशको अर्थतन्त्र सुधारका लागि अन्तराष्ट्रिय सम्बन्ध निकै महत्वपूर्ण हुँने बताएका छन् ।
त्यस्तै कार्यक्रममा सहभागि हुँदै राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुँयालले अन्तराष्ट्रिय सम्बन्धले काम गर्ने तरिका आदान प्रदान हुँदा देशको अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताएका छन् ।
देशको अर्थतन्त्र सुधार गर्न साइबर सेक्युरिटि र वित्तीय साक्षरतामा जोड दिनुपर्ने उनको भनाई छ् । उनले अर्थतन्त्र सुधारमा सहकार्य निकै आवश्यक पर्ने बताएका छन् ।





About Us
प्रतिक्रिया