बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकको पूर्ण स्वामित्वमा रहेको नबिल स्टक डिलर लिमिटेडले आजदेखि औपचारिक रुपमा सेवा सुरुवात गरेको छ । काठमाडौँमा आयोजित गरिएको एक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको प्रमुख आतिथ्यमा डिलरको औपचारिक उद्घाटन गरिएको हो ।
संस्थाले भदौ २० गतेबाट कारोबार सुरु गरेको भएपनि आज अर्थात मङ्सिर २९ गते औपचारिक सेवा सुरुवात गरेको हो । सो अवसरमा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना , नेपाल धितोपत्र बोर्डका पूर्व उपकार्यकारी निर्देशक निरज गिरी लगायतको सहभागिता रहेको थियो ।
यश स्टक डिलरका सिइयो सुरेश देबकोटाले नयाँ डिलरको रुपमा बजारमा भित्रीएको यस डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी सेवा दिने बताएका छन् । उनले मर्चेन्ट बैंकिङको क्षेत्रमा यस डिलरले लगानीकर्तालाई सरल र सहज सेवा प्रदान गर्ने बताएका छन् ।
कम्पनीले ब्रोकरेज सेवा , मार्जिन लेण्डिङ,सेक्युरिटिज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटटरी सहभागी सेवा प्रदान गर्ने बताइएको छ । कार्यम्रममा बोल्दै नेपाल धितोपत्र बोर्डकाका अध्यक्ष रमेशकुमार हमालले नबिलले ल्याएको स्टक डिलर लिमिटेडले पुजिबजारमा सुधार ल्याउन अहम भुमिका खेल्ने बताएका छन् ।



About Us
प्रतिक्रिया