काठमाडौं-अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमासम्बन्धी सचेतना जगाउनुपर्नेमा जोड दिएका छन् । बीमा सर्भेयर संघ नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनु आवश्यक रहेको औंल्याएका हुन् ।
‘जीवन बीमा होस् वा निर्जीवन बीमा, जोखिममा पर्यो भने झमेला हुँदैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ । नेपालमा दुईवटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ,’ अर्थमन्त्री महतले भने ।
उनले बीमाको सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बन्न बाकी रहेको उल्लेख गरे । उनले भने, ‘जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, बीमामा किन सहभागी हुने भन्ने धारणा छ ।’
बीमा गरिसकेको व्यक्तिलाई आपत परेको समयमा तिर्न बीमा कम्पनीहरुले आनाकानी गर्ने गरेका कारण यसले सम्भावित बीमा लिन खोज्नेहरुलाई पनि बीमा विस्तारमा अवरोध पुर्याउने गरेको उनको भनाइ थियो ।
बीमामा देखिएका समस्या समाधानका लागि यससँग जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकाका आमूल परिवर्तन गर्नुपर्ने आग्रह मन्त्री महतको छ । उनले व्यवसायिकतालाई मध्यनजर राखेर काम गर्नुपर्ने बताए ।
‘



About Us
प्रतिक्रिया