सहकारीको साढे २६ करोड रकम हिनामिना, वडाअध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी

सहकारीको साढे २६ करोड रकम हिनामिना, वडाअध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी


पोखरा– पोखरास्थित नयाँबजारमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा वडाअध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

कास्की जिल्ला अदालतबाट उनीहरुलाई पक्राउ गर्न अनुमति लिइ उनीहरुको खोजी कार्य जारी रहेको कास्की प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी, एमाले पोखरा २१ का इन्चार्ज अर्जुन गिरी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, कानुनी सल्लाहकार जनकल्याण पराजुलीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

५० जना वचतकर्ताहरूले आफ्नो बचत नपाएको भन्दै सहकारीविरुद्ध उजुरी दिएका थिए।

बचतकर्ताको निवेदनपछि रजिस्ट्रार कार्यालयले तयार गरेको प्रारम्भिक प्रतिवेदनअनुसार सहकारीबाट साढे २६ करोडभन्दा बढी रकम हिनामिना भएको देखिएको छ।

संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारीलाई प्रहरीले यसअघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।