मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड, ११ लाख ५९ हजारको हात खाली

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड, ११ लाख ५९ हजारको हात खाली


काठमाडौं– मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपीओको मंगलबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबी क्यापिटलले शेयर बाँडफाँड गरेको हो।

कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँका दरले ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको थियो। जसमा १३ लाख ४० हजार १९९ जनाले आवेदन दिएका थिए।

६५ हजार ६३२ जनाको आवेदन रद्द भएर १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका थिए।

जसमा गोलाप्रथामार्फत् १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। ११ लाख ५९ हजारको हात खाली भएका छन्।