सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु


ललितपुर। ललितपुरस्थित झम्सिखेलमा प्रधान कार्यालय रहेको सजिलो ब्रोकर लिमिटेड (ब्रोकर नम्बरः ९०) को कारोबार शुभारम्भ भएको छ। कम्पनीले सोमबारबाट विधिबत् रुपमा कारोबार सुरु गरेको हो।

पाँच जना कन्याहरुले सजिलो ब्रोकरमा टीएमएस खाता र डीपी खाता खोली आ-आफ्नो नाममा शेयर खरिद गरी कारोबार सुरुवात गरीएको हाे। जसमध्ये पहिलो कारोबार पाटनकी जीवीत देवी (कुमारी) निहिरा बज्राचार्यको नामबाट भएको छ।

निहिरा बज्राचार्यको नाममा किनिएको कुमारी बैङ्कको शेयर खरिद गरी सामाजिक उत्तरदायित्व अन्र्तगत भेटी स्वरुप चढाइएको छ।

कारोबार सुरु गर्ने अन्य कुमारीहरुमा सेयरीका श्रेष्ठ, विधि महर्जन, समय महर्जन र सभ्यता पोख्रेल रहेका छन्।