लघुवित्तहरूकाे लाभांस वितरण क्षमता कमजोर : ५७ मध्ये ११ ले गरे घोषणा, मनकामना र हिमालयनको शून्य

लघुवित्तहरूकाे लाभांस वितरण क्षमता कमजोर : ५७ मध्ये ११ ले गरे घोषणा, मनकामना र हिमालयनको शून्य



बैंकिङ्ग समाचार, काठमाडौं।

लघुवित्त वित्तीय संस्थाहरुकाे लाभांस वितरण क्षमता कमजोर देखिएको छ। लघुवित्त संस्थाहरुविरुद्धको चरणबद्ध आन्दोलन, तथा अर्थतन्त्रमा आएको मन्दीका कारण लाभांस वितरण क्षमता कमजोर देखिएको हो।

ऋण तिर्न सक्ने क्षमतामा ह्रास आउनुका साथै निरन्तर खराब कर्जा बढेर नाफा घट्नुको कारण लाभांस वितरण कमजाेर बनेकाे लघुवित्त संस्थाहरूले बताएका छन्।

नेपालमा सबै किसिमका गरी ५७ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेकाछन्। जसमध्ये हालसम्म एक दर्जन संस्थाले मात्र आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफाबाट लाभांस वितरण गर्ने घोषणा गरेका छन्। सो मध्ये मनकामना लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आवको खुद मुनाफाबाट कुनै पनि किसिमको लाभांस वितरण गर्न नसक्ने बताएका छन्। यी बाहेक लाभांस वितरणको घोषणा गरेका अन्य लघुवित्त संस्थाहरुको लाभांस पनि निकै कम देखिएको छ।

आव २०७९/०८० को खुद मुनाफाबाट लाभांस घोषणा गरेका संस्थामध्येमा फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले सात दशमलव पाँच प्रतिशत नगद र सात दशमलव पाँच प्रतिशत बोनससहित कुल १५ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ। सर्पोट लघुवित्त वित्तीय संस्थाले भने शून्य दशमलव ६८ प्रतिशत नगद र १३ प्रतिशत बोनससहित कुल १३ दशमलव ६८ प्रतिशत लाभांस वितरण गनैं घोषणा गरेको छ।

यसैगरी एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आवको खुद मुनाफाबाट १५ प्रतिशत नगद लाभांस वितरण गर्नै घोषणा गरेको छ भने आरएसडीसी लघुवित्त वित्तीय संस्थाले शून्य दशमलव ४५ प्रतिशत नगद र आठ दशमलव छ प्रतिशत बोनससहित कुल नौं दशमलव शून्य पाँच प्रतिशत लाभांस वितरण गर्नै घोषणा गरेको छ।

युनिक लघुवित्त वित्तीय संस्थाले एक प्रतिशत नगद र १९ प्रतिशत बोनससहित कुल २० प्रतिशत लाभांस वितरण गर्नै घोषणा गरेकोमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आवको खुद मुनाफाबाट १५ प्रतिशत नगद लाभांस वितरण गर्नै घोषणा गरेको छ।

यस्तै धौलागिरी लघुवित्त वित्तीय संस्थाले भने गत आवको खुद मुनाफाबाट शून्य दशमलव ७५ प्रतिशत नगद र १४ दशमलव २५ प्रतिशत बोनससहित कुल १५ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ। यसैगरी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले गत आवको खुद मुनाफाबाट आठ प्रतिशत नगद र एक प्रतिशत बोनस गरी कुल १० प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ।

यसैगरी स्वालम्वन लघुवित्त वित्तीय संस्थाले गत आवको खुद मुनाफाबाट शून्य दशमलव ६५ प्रतिशत नगद र १२ दशमलव ३५ प्रतिशत बोनस सेयर गरी कुल १३ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ।

आर्थिक बर्ष २०७९/०८० को खुद मुनाफाबाट लाभांस घोषणा गर्ने लघुवित्तहरू