लघुवित्त संस्थाहरुको लाभाँश वितरण क्षमता कमजोरः ५७ मध्य ११ संस्थाद्धारा लाभाँश घोषणा, मनकामना र हिमालयनको शुन्य

कुन संस्थाको लाभाँश कति ? हेर्नुहोस सुचीसहित


बैंकिङ्ग समाचार, काठमाडौँ ।
लघुुवित्त वित्तीय संस्थाहरुमा लाभाँश वितरण क्षमता कमजोर देखिएको छ । केही व्यक्तिहरुद्धारा लघुवित्त संस्थाहरुबिरुद्ध गरेको चरणबद्ध आन्दोलन, अर्थतन्त्रमा आएको मन्दीका कारण ऋणी ग्राहकहरुको ऋण तिर्न सक्ने क्षमतामा कमी आउनु, खराब कर्जा निरन्तर बढ्नु र नाफा घट्नुको कारण लघुवित्त संस्थाहरुको लाभाँश वितरण क्षमता कमजोर देखिएको हो ।

नेपाल हाल सबै किसिमका गरी ५७ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । जसमध्ये हालसम्म एक दर्जन संस्थाले मात्र आर्थिक बर्ष २०७९/०८० को खुद मुनाफा मध्येबाट लाभाँश वितरण गर्ने घोषणा गरेका छन् । सो मध्ये मनकामना लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आवको खुद मुनाफा मध्येबाट कुनै पनि किसिमको लाभाँश वितरण गर्न नसक्ने उद्घोष गरेका छन् । यि बाहेका लाभाँश वितरणको घोषणा गरेका अन्य लघुवित्त संस्थाहरुको लाभाँश पनि निकै कम देखिएको छ ।

आव २०७९/०८० को खुद मुनाफाबाट लाभाँश घोषण गरेका संस्थाहरु मध्येमा फ्रष्ट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाले सात दशमलव पाँच प्रतिशत नगद र सात दशमलव पाँच प्रतिशत बोनस सहित कुल १५ प्रतिशत लाभाँश वितरण गर्ने घोषणा गरेको छ । सर्पोट लघुवित्त वित्तीय संस्थाले भने शुन्य दशमलव ६८ प्रतिशत नगद र १३ प्रतिशत बोनस सहित कुल १३ दशमलव ६८ प्रतिशत लाभाँश वितरण गनैं घोषणा गरेको छ ।

यसैगरी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आवको खुद मुनाफा मध्येबकाट १५ प्रतिशत नगद लाभाँश वितरण गर्नै घोषणा गरेको छ भने आरएसडिसी लघुवित्त वित्तीय संस्थाले शुन्य दशमलव ४५ प्रतिशत नगद र आठ दशमलव छ प्रतिशत बोनस सहित कुल नौं दशमलव शुन्य पाँच प्रतिशत लाभाँश वितरण गर्नै घोषणा गरेको छ । युनिक लघुवित्त वित्तीय संस्थाले पनि एक प्रतिशत नगद र १९ प्रतिशत बोनस सहित कुल २० प्रतिशत लाभाँश वितरण गर्नै घोषणा गरेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले भने गत आवको खुद मुनाफा मध्येबाट १५ प्रतिशत नगद लाभाँश वितरण गर्नै घोषणा गरेको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाले भने गत आवको खुद मुनाफा मध्येबाट शुन्य दशमलव ७५ प्रतिशत नगद र १४ दशमलव २५ प्रतिशत बोनश सहित कुल १५ प्रतिशत लाभाँश वितरण गनैं घोषणा गरेको छ । यसैगरी ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाले पनि गत आवको खुद मुनाफा मध्येबाट आठ प्रतिशत नगद र एक प्रतिशत बोनस गरी कुल १० प्रतिशत लाभाँश वितरण गनैं घोषणा गरेको छ । स्वालम्वन लघुवित्त वित्तीय संस्थाले भने गत आवको खुद मुनाफा मध्येबाट शुन्य दशमलव ६५ प्रतिशत नगद र १२ दशमलव ३५ प्रतिशत बोनश सेयर गरी कुल १३ प्रतिशत लाभाँश वितरण गर्नै घोषणा गरेको छ ।

आर्थिक बर्ष २०७९/०८० को खुद मुनाफाबाट लाभाँश घोषणा गर्नै लघुवित्तहरु (लाभाँश प्रतिशतमा)

क्रसं
लघुवित्त संस्थाको नाम नगद बोनस कुल
१ फ्रष्ट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था ७.५७.५१५
२ सर्पोट लघुवित्त वित्तीय संस्था ०.६८ १३ १३.६८
३ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था १५ ० १५
४ आरएसडिसी लघुवित्त वित्तीय संस्था ०.४५ ८.६ ९.०५
५ युनिक लघुवित्त वित्तीय संस्था १ १९ २०
६ नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था १५ ० १५
७ मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था ० ० ०
८ हिमालयन लघुवित्त वित्तीय संस्था ० ० ०
९ धौलागिरी लघुवित्त वित्तीय संस्था ०.७५ १४.२५ १५
१० ग्लोवल आईमई लघुवित्त वित्तीय संस्था ८ १ १०
११ स्वालम्वन लघुवित्त वित्तीय संस्था ०.६५ १२.३५ १३
(स्रोतः सम्बन्धित संस्थाहरुद्धा सार्वजनिक विवरण)