राष्ट्र बैंकलाई आरटिजिएस सिस्टम हस्तान्तरण

राष्ट्र बैंकलाई आरटिजिएस सिस्टम हस्तान्तरण


बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकलाई आरटिजिएस सिस्टम हस्तान्तरण भएको छ। 

अन्तर्राष्ट्रिय दातृनिकाय डिएफआइडीको सहयोगमा एक्सेस टु फाइनान्सअन्तर्गतको यूकेएड सक्षमसँगको सहकार्यमा नेपालमा आरटिजिएस सिस्टम लागू हुँदै आएको छ। 

आज बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच आरटिजिएस (रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम) तथा मोडुलर डाटा सेन्टर औपचारिक रुपमा राष्ट्र बैंकले लिएको हो। 

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, नेपालस्थित वेलायती राजदूतावासका प्रतिनिधि रोब क्लार्क, यूकेएड सक्षमका प्रतिनिधि तथा राष्ट्र बैंकका पदाधिकारीहरूको उपस्थिति थियो। 

युकेएड सक्षमका तर्फबाट नेतृत्व गरेका निर्मल दाहालले आरटिजिएस तथा मोडुलर डाटा सेन्टर प्रोजेक्टको विषयमा संक्षिप्त धारणा राखेका थिए। 

भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक भुवन कँडेलले आरटिजिएस सिस्टम मार्फत हुने कारोवार हाल मासिक औसत १३ खर्ब बराबर रहेको जानकारी दिए। 

यो सिस्टममा सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको उनले बताए।