बीमा क्षेत्रमा उच्च गिरावट

बीमा क्षेत्रमा उच्च गिरावट

शेयर बजार १८.०६ अंकले घट्दा बीमा क्षेत्रमा उच्च गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं । 

बिहीबार जीवन बीमा क्षेत्रबाट कुल ११ कम्पनीहरु कारोबारमा आएकामध्ये दुई बीमा कम्पनीको शेयरमूल्य बढ्दा एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । बाँकी रहेका ८ वटै जीवन बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

कारोबारको अन्तिम दिन जीवन बीमा परिसूचक १००.५७ प्रतिशतले घटेर १०२०८.४४ विन्दुमा कायम भएको छ । उक्त दिन जीवन बीमा उपसूचक ०.९७ प्रतिशतले घटेको हो ।

बिहीबार निर्जीवन बीमा परिसूचक ६५.०८ अंकले घटेर ९८५०.८९ को विन्दुमा कायम भएको छ । सो दिन निर्जीवन बीमा उपसूचक ०.६५ प्रतिशतले घटेको हो । साता कारोबारको अन्तिम दिन निर्जीवन बीमा सेक्टरबाट जम्मा १२ कम्पनीहरु कारोबारमा आएका थिए ।

जसमध्ये दुई कम्पनीको शेयरमूल्य बढेको छ भने बाँकी रहेका १० वटै निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ । मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार १८.०६ अंकले घट्दा बीमा क्षेत्रमा उच्च गिरावट आएको हो ।