जीवन बीमा कम्पनीहरुले संकलन गरे करिब २ अर्ब प्रथम बीमा शुल्क, कुनको कति ?

जीवन बीमा कम्पनीहरुले संकलन गरे करिब २ अर्ब प्रथम बीमा शुल्क, कुनको कति ?



बैंकिङ्ग समाचार, काठमाडौं ।
आर्थिक वर्ष २०८०/८१ को कार्तिक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले करिब २ अर्ब नयाँ व्यवसाय भित्राएका छन् । प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले कार्तिक महिनामा ३ लाख २१ हजार ९०८ वटा बीमा पोलिसी विक्री गरी १ अर्ब ९० करोड ४० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क नेपाललाइफले नै आर्जन गरेको छ । कम्पनीले एक महिनामा ५२ करोड १ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा३५ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १७ करोड १४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी मेट लाइफले ७ करोड ८१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले ७ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले ६ करोड ५७ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ६ करोड २१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५ करोड ८० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ५ करोड २० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, सूर्यज्योति लाइफले १० करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले १० करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । हिमालयन लाइफले ९ करोड ७५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ८ करोड ७२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ८ करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।