बजारमा अधिक तरलता थुप्रिएपछि १५ अर्ब तान्ने

बजारमा अधिक तरलता थुप्रिएपछि १५ अर्ब तान्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।

केन्द्रीय बैंकले ७ दिनका लागि निक्षेप संकलन औजारमार्फत १५ अर्ब रुपैयाँ तान्ने भएको हो । बजारमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत पैसा तान्ने भएको छ । बुधवार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदरसहित निक्षेप प्रस्ताव गर्न आह्वान गरेको छ ।

निक्षेप संकलनको साँवा ब्याज भुक्तानी २०८० मंसिर २१ गते हुने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल २०८० मंसिर १४ गते अर्थात् आज दिउँसो २ अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । निक्षेप संकलनको निष्काशन भने २०८० मंसिर १४ गते हुनेछ ।