नेप्सेमा अलटाइम हाइ रेकर्ड, १२ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि 

नेप्सेमा अलटाइम हाइ रेकर्ड, १२ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि 


बैकिङ्ग समाचार ।
बुधवार शेयर बजार १८ दशमलव ८१ अंक माथि उक्लिएको छ । यस दिन २ हजार २८६ दशमलव ५४ विन्दुमा बजार बन्द भएको हो ।

२ हजार २७९ दशमलव शून्य ४ विन्दुदेखि खुलेको बजार यो दिन २ हजार २९६ विन्दुसम्म पुगेको थियो । यो दिन ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९७ अंक बढेर ४३५ दशमलव २५ विन्दुमा पुगेको छ । 

बुधवार परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलवार रू. ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार बराबरको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर कारोबार भएकोमा बुधवार रू. ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार बराबरको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर कारोबार भएको हो । 

१२ कम्पनीको शेयरमा सकारात्मक सर्किट 

बुधबार कारोबारमा आएकामध्ये १२ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आरम्भ चौतारी, फर्स्ट माइक्रोफाइनान्स, इन्फिनिटि लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक लगायताको १२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

यता मल्टिपर्पस फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ भने महिला सहयात्रा माइक्रोफाइनान्सको ३.८२ प्रतिशत, नेपाल एसबिआई बैंकको ३.७२ प्रतिशत, सिभिल बैंकको १.७९ प्रतिशत र नेपाल इन्स्योरेन्सको १.४६ प्रतिशतले घटेको छ।

बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७२ लाख, अपर तामाकोशीको १८ करोड ४९ लाख, शिवम् सिमेन्टको १६ करोड ३६ लाख र एनआइसी एशिया बैंकको १५ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएकामध्ये १२९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ वटाको शेयरमूल्य घटेको छ। ८ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन। 

\"\"