सिन्धुलीमा महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’को लोकप्रियता बढ्दै

सिन्धुलीमा महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’को लोकप्रियता बढ्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो“ट्रियो” देशको विभिन्न ठाउँमा सार्वजनिक गरे लगतै छोटो समयमा नैे इलेक्ट्रिक अटोेलाई नेपाली बजारमा सफलता पूर्वक विव्रmी गर्दै आइरहेको छ । सिन्धुलीमा पनि स्थानियले ट्रेओलाई औधि रुचाएका छन् ।

हालै मात्र कम्पनिले सिन्धुलीका स्थानिय ३ जना महिला र १३ जना पुरुषहरुलाई एकै पटक १६ इलेक्ट्रिक अटो हस्तान्तरण गरेको छ । अग्नि हायर पर्चेज रराष्ट्रिय बाणिज्य बैंकको आर्थिक सहयोगमा स्थानिय बासिन्दालाई इलेक्ट्रिक अटोे “ट्रियो” खरिद गर्र्न सहज र झन्झटमुक्त बनाइएको छ। साथै सवारी साधन बिमा गर्नलाइ भने प्रभु इन्स्योरेन्सले सहयोग गरेको छ ।

संस्थाहरुको यस प्रकारको वित्तिय सहयोग र स्वदेशमा विद्युतीय सार्वजनिक अटोको उपलब्धताले स्थानीय जनतालाई रोजगारीको अवसर र आम्दानीको स्रोत सिर्जना गरेको छ। आर्थिकभार कम पर्ने र पेट्रोल मुक्त सार्वजनिक यातायात आए संगै स्थानीयहरू पनि खुशी छन् । अहिले सिन्धुलीको सडकमा ट्रेओको संख्या उल्लेखिय मात्रामा बढेको छ ।

सिन्धुलीमा ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो– इलेक्ट्रिक अटो मंसिर ७, २०८० बिहिबारका दिन भव्य समारोहमा नयाँ तथा पुराना “ट्रियो” गा्रहकसँगै सिन्धुलीको सडकमा “ट्रियो” ेको लस्करका साथ बजार परिव्रmमा गरिएको थियो ।

कार्यक्रममा अग्नि ग्रुपका प्रदेश प्रमुख रोशन श्रेष्ठ, इलेक्ट्रिक डिभिजन सेल्स हेड प्रमोद भण्डारी, सेल्स प्रतिनिधि नरेन्द्र खड्गी, सिन्धुलीका लागीे ट्रियो इलेक्ट्रिक अटोको आधिकारीक विव्रmेता खड्ग श्रेष्ठ र टिका श्रेष्ठ सहितसिन्धुली शाखाका प्रतिनिधिहरुको उपस्थिती थियो ।

महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।

कम्पनिका अनुसार – “नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रियोले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ । ”

ट्रियो विद्युतीय सवारी साधन सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री० २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ । पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्दछ ।

महिन्द्रा ग्रुपल विश्वव्यापी रूपमा ईएसजीको नेतृत्व गर्ने, ग्रामीण समृद्धिलाई सक्षम बनाउने र शहरी जीवनलाई उकास्ने, समुदाय र सरोकारवालाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र उनीहरूको उदयका लागि सक्षम तुल्याउने लक्ष्यमा स्पष्ट ध्यान दिएको छ ।