भूकम्प पिडितहरूलाई निर्वाचन आयोगद्धारा आर्थिक सहयोग

भूकम्प पिडितहरूलाई निर्वाचन आयोगद्धारा आर्थिक सहयोग



बैंकिङ्ग समाचार, काठमाडौं ।
निर्वाचन आयोगले भुकम्प पिडीतहरुको लागि आथिृक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । आयोगको मंसिर १३ गतेको निर्णय बमोजिम भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरू प्रति आयोगको तर्फबाट श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तत्काल राहतको लागि नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरण गरेको हो ।

आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट दिन सात ७ को पारिश्रमिक तथा आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिब र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।