कार्तिकसम्ममा तीन माइक्रो लाइफले संकलन गरे ४८ लाख बीमा शुल्क

कार्तिकसम्ममा तीन माइक्रो लाइफले संकलन गरे ४८ लाख बीमा शुल्क



बैंकिङ्ग समाचार, काठमाडौं ।
आर्थिक वर्ष २०८०/८१ को कार्तिक महिनासम्ममा ३ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले ४८ लाख ७८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी
नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार गार्डियन माइक्रो लाइफले कार्तिक महिनासम्ममा २८ सय ८० वटा बीमा पोलिसी विक्री गरी २७ लाख ७० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ । कम्पनी कार्तिक महिनामा मात्रै ११ सय ३९ वटा बीमा पोलिसी विक्री गरी ८ लाख ३९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा २२ सय ३५ वटा बीमा पोलिसी विक्री गरी २० लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको विरेन्द्रनगर केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ । कम्पनीले कार्तिक महिनामा मात्रै १२ सय ४५ वटा बीमा पोलिसी विक्री गरी ८ लाख ९७ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी
त्यसैगरी लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कार्तिक महिनासम्ममा ६३ वटा बीमा पोलिसी विक्री गरी ७२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।