४ महिनामा जीवन बीमा कम्पनीहरुको कूल ब्यापार ४९ अर्ब ४३ करोड

४ महिनामा जीवन बीमा कम्पनीहरुको कूल ब्यापार ४९ अर्ब ४३ करोड


बैंकिङ्ग समाचार,काठमाडौं ।
आर्थिक वर्ष २०८० /८१ को कार्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४९ अर्बमाथि कूल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले कार्तिक महिनासम्ममा १ करोड ३७ लाख १४ हजार ५४७ वटा बीमा पोलिसी विक्री गरी कूल ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा नेपाल लाइफकै अग्रता कायम रहेको छ । यस् अवधिमा कम्पनीले १३ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । तेस्रोमा हिमालयन लाइफ रहेको छ भने कम्पनीले यस् अवधिमा ५ अर्ब ५६ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस् अवधिमा ५ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रभु महालक्ष्मी लाइफले १ अर्ब ३७ करोड, आइएमई लाइफले १ अर्ब ३० करोड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब २१ करोड र सन नेपाल लाइफले १ अर्ब १२ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् । नेशनल लाइफले ५ अर्ब २९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब २३ करोड, सूर्यज्योति लाइफले २ अर्ब ७६ करोड, एशियन लाइफ इन्स्योरेन्सले २ अर्ब ३६ करोड त्यस्तै, सानिमा रिलायन्स लाइफले १ अर्ब ८९ करोड, सिटिजन लाइफले १ अर्ब ७८ करोड, मेट लाइफले १ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएका छन् ।