एनएमबि बैंकको नयाँ ब्याजदर, ८ प्रतिशतमै गाडी कर्जा

एनएमबि बैंकको नयाँ ब्याजदर, ८ प्रतिशतमै गाडी कर्जा


बैकिङ्ग समाचार । 
एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ महिनाका लागि आज नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचततर्फ २२ वटा खाता सञ्चालनमा ल्याएको छ । जसमा बैंकले ३.१ प्रतिशतदेखि ५.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै रिकरिङ एजुकेशन लोन, खुत्रुके बचतमा ५ प्रतिशत र सुरक्षित बाल शैक्षिक खातामा ५.५ प्रतिशत ब्याजदर तोकेको छ । साथै मेरो क्रमिक खातामा ८ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले मुद्दति निक्षेपमा अवधि अनुसार न्यूनतम ६.२५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

त्यसैगरी बैंकले कर्जातर्फ बेसरेट ७.८ प्रतिशत कायम गरेको छ । बैंकले एसएमई कर्जातर्फ बेसरेटमा अवधिअनुसार थप ३ देखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले अवधिअनुसार हाउजिङ लोनमा बेसरेटमा थप १ देखि ५ प्रतिशत, जग्गा खरिद गर्न बेसरेटमा थप १.५ देखि ५ प्रतिशत, अटो लोनमा बेसरेटमा अवधिअनुसार थप १.५ प्रतिशतदखि ५ प्रतिशतसम्म र एजुकेशन लोनमा अवधिअनुसार बेसरेटमा थप १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

\"\"