राष्ट्रिय बीमा कम्पनीमा सिईओ नियुक्तीको १४ महिनामै बाहिरिए शेखर बराल

राष्ट्रिय बीमा कम्पनीमा सिईओ नियुक्तीको १४ महिनामै बाहिरिए शेखर बराल



बैंकिङ्ग समाचार, काठमाण्डौ ।
राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओ पदबाट शेखर बरालले राजीनामा दिएका छन्। २०७९ साल भदौं २३ गते सिईओमा नियुक्त भएका बरालले चौध महिनामै राष्ट्रिय बीमा कम्पनीबाट राजिनामा दिएका हुन् ।

सिइओ नियुक्त हुँदा गरिएको सम्झौता अनुसार चार वर्षे अवधीको करार अवधीको बीचमा राजिनामा दिनु परेमा दुई महिना पहिले राजिनामा दिनुपर्ने शर्त बमोजिम सिईओ बरालले दुई महिनाअवधीपछिबाट लागू हुने गरी सिईओ पदबाट राजिनामा दिएका छन् ।

राष्ट्रिय बीमा कम्पनी सञ्चालक समितिले २०७९ भदौ २३ गते बराललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। २०७९ भदौ २७ गतेदेखि लागू हुने गरी बराललाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको थियो।

बरालले आज कम्पनी सञ्चालक समितिका अध्यक्षसमक्ष राजीनामा बुझाएका हुन्। बरालले दुई महिना पछिबाट लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।