टानद्धारा भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ हस्तान्तरण

टानद्धारा भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ हस्तान्तरण



बैंकिङ्ग समाचार, काठमाडौं ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टान ले रु पाँच लाख ५ हजार ५ सय ५५ हस्तान्तरण गरेको छ ।

टानका अध्यक्ष निलहरि बाँस्तोला लगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको जनाइएको छ ।