प्याजको मूल्य एकैदिनमा ८ प्रतिशतले बढ्यो

प्याजको मूल्य एकैदिनमा ८ प्रतिशतले बढ्यो



बैंकिङ्ग समाचार, काठमाडौं ।

सुकेको प्याजको मूल्य एकैदिनमा ८ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको आयात ४० प्रतिशतले घट्दा मूल्य ८ प्रतिशतले बढेको जनाएको छ ।

समितिका अनुसार आज सुकेको प्याजको मूल्य ८.११ प्रतिशले बढेको हो भने अघिल्लो दिन प्रतिकिलो ९२ रुपैयाँमा विक्री भएको प्याज आज प्रतिकिलो १०० रुपैयाँमा विक्री भइरहेको छ ।

आइतवार १ लाख २८ हजार किलोग्राम सुकेको प्याज कालीमाटी बजारमा भित्रिएको थियो । सोमवार भने उक्त संख्या ४०.६८ प्रतिशतले घटेर ७५ हजार ९२५ किलोग्राम सुकेको प्याज भित्रिएको समितिले जनाएको छ ।
ज्गक कष्च