काठमाडौंको टेकुमा सिटिजन्स बैंकको १ सय ८९ औं शाखा संचालनमा

काठमाडौंको टेकुमा सिटिजन्स बैंकको १ सय ८९ औं शाखा संचालनमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
विगत डेढ दशक देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १ सय ८९ औं शाखा काठमाडौँको टेकुमा संचालनमा ल्याएको छ । यससंगै काठमाडौँ उपत्यका भित्र यस बैंकको ३७ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु संचालनमा रहेका छन् ।

टेकुमा मंगलबकार आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेज्यूले नयाँ शाखाको शुभारम्भ गर्नुभयो । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने मनसाय व्यक्त गर्नुभयो । सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सुविधा सम्पन्न यस शाखा मार्फत लकर सेवा, ए.टि.एम.सेवा लगायत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।