आज पनि सुनको मुल्यमा नयाँ कीर्तिमान

आज पनि सुनको मुल्यमा नयाँ कीर्तिमान



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाली बजारमा मंगलवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ । अघिल्लो दिन पनि सुनको मूल्यले कीर्तिमान कायम गरेको थियो भने नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार १५ डलरमा कारोबार हुँदैछ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।