नेशनल लाइफले इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई हरेक वर्ष २५ लाख दिने

नेशनल लाइफले इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई हरेक वर्ष २५ लाख दिने



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल लाइफ इन्स्योरेन्सले काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थलाई हरेक वर्ष २५ लाख रुपैयाँ दिने भएको छ ।

सोमवार आयोजित एक समारोहमा कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री तथा इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा।डा। भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिका ७ मा निर्माणाधीन दुई सय शय्या क्षमताको बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाइफ इन्स्योरेन्सले तीन वर्षसम्म प्रति वर्ष २५ लाख रुपैयाँ वित्तीय सहयोग उपलव्ध गराउने जनाएको छ ।

उक्त अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले पहिलो किस्ता रकम २५ लाख रुपैयाँको चेक पनि उक्त संस्थालाई हस्तान्तरण गरे ।