ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार मंसिर १२ गते अन्तिम दिन रहेको छ । बैंकले गत आवको आर्जित मुनाफाबाट शेयरधनीलाई १ प्रतिशत बोनस शेयर कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सोही कारण बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते बुकक्लोज गर्दै छ ।

बैकले यो प्रस्ताव पारितका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा मंसिर २८ गते, बिहीबार, १७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।