बैंकिङ्ग प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि भोलि बिहीबार १० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त रकम तान्न लागेको हो।

राष्ट्र बैंकले यो ७ दिने निक्षेप संकलन उपकरणको आउँदो मंसिर १९ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ। यो निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ।

यसका लागि राष्ट्र बैंकले भोलि दिउँसो २ बजे बोलकबोल गर्दैछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।