एभरेष्ट बैंकको २६औं साधारण सभा सम्पन्न

एभरेष्ट बैंकको २६औं साधारण सभा सम्पन्न


बैकिङ्ग समाचार । 
एभरेष्ट बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभाले आर्थिक बर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन छलफल गरेर पारित गरेको छ।

यससँगै शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६र०७७ का लागि ५ प्रतिशत बोनस शेयर र ५।५३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।  
बैंकले प्रस्तावित बोनस शेयर जारी भएपछि चुक्ता पूँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परीणत भएपछि संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नुपर्ने प्रस्ताव छलफल गरी पारित गरेको छ।

उक्त साधारण सभाबाट आगामी ४ बर्षका लागि सर्वसाधारण शेयरधनिहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक नबिन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्विरोध निर्वाचित गरिएको छ।