सामाजिक सुरक्षा कोषले गर्यो ४४ अर्ब ८५ करोड बढी रकम सङ्कलन

सामाजिक सुरक्षा कोषले गर्यो ४४ अर्ब ८५ करोड बढी रकम सङ्कलन



बैंकिङ्ग समाचार, काठमाडौँ ।
सामाजिक सुरक्षा कोषले ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको छ। २०७६ चैत ७ गतेबाट सञ्चालनमा आएको कोष छैटौँ वर्षमा प्रवेश गरेको छ ।

आफ्नो स्थापनाको दिवसको अवसर पारेर कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरिरहेको छ।

कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहेका छन् । कोषमा हाल १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ ।

वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार ६२२ जना श्रमिक कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको हकमा निरन्तरता न्यून देखिएको कोषले जनाएको छ । तर, वैदेशिक रोजगारमा रही विदेशबाटै योगदान गर्नेको हकमा ९० प्रतिशतको निरन्तरता रहेको कोषले जनाएको छ ।