नेपाल बैंकको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५० लाख आर्थिक सहयोग

नेपाल बैंकको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५० लाख आर्थिक सहयोग



बैंकिङ्ग समाचार, काठमाडौं ।
जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते गएको भूकम्प प्रभावितका लागि नेपाल बैंकले रू ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सो रकम सहयोग गरेको हो ।

नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बालुवाटारमा आज आयोजित एक कार्यक्रममा रू ५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष हस्तान्तरण गरे ।