मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा मिर्मिरे लघुवित्तले हालै बिक्री गरेको १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सूचीकृत भएको हो।

अब एफपीओमा परेको सेयर भोलि मंगलबारबाट कारोबार गर्न सकिनेछ। मिर्मिरे लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको थियो। यो लघुवित्तले गत असोज २५ गतेदेखि असोज ३० गतेसम्म सर्वसाधारणका लागि एफपीओ बिक्री खुला गरेको थियो।