हिमालयन बैंकको २० प्रतिशत लाभांस पारित

हिमालयन बैंकको २० प्रतिशत लाभांस पारित


बैकिङ्ग समाचार । 
हिमालयन बैंकको २० प्रतिशत लाभांस पारित भएको छ। हिमालयन बैंकको २८औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। यो बोनस शेयरको वितरणपछि बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने बैंकको भनाइ छ।

सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो। यो बैंकको हालसम्म ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२०० भन्दा बढी पिओएस ट्रमिनल्स संख्या रहेको छ।