नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्धारा फण्ड ट्रान्सफरमा मोवाईल फोन हातमा अफर सार्वजनिक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्धारा फण्ड ट्रान्सफरमा मोवाईल फोन हातमा अफर सार्वजनिक


बैंकिङ्ग समाचार, काठमाडौँ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नेपाल क्लियरिङ हाउस (एनसिएचएल) संगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि फण्ड ट्रान्सफरमा मोवाईल फोन हातमा अफर अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली मोवाइल बैकिङ्ग प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनआईएमबी स्मार्ट एपबाट कनेन्ट आईपिएस लाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर मंसिर १० गते देखि पुष ९, २०८० गतेसम्म लागु हुनेछ । एनआईएमबी स्मार्ट एपमा कनेक्ट आईपिएस लाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो एनआईएमबी एपमा लग–इन गरी, फण्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपिएसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपिएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो । भुक्तानी तथा ट्रान्सफरका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ ।

कनेक्ट आईपिएस को फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । एनआईएमबी स्मार्ट मा रहेको कनेक्ट आईपिएस मार्फत प्रति दिन प्रति कारोबार रु. २ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।