हिमालयन एभरेष्ट इन्स्योरेन्सले भारतमा पायो प्रतिष्ठित इमर्जिङ एशिया अवार्ड

हिमालयन एभरेष्ट इन्स्योरेन्सले भारतमा पायो प्रतिष्ठित इमर्जिङ एशिया अवार्ड



बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान गरिएको छ। मंसिर ७ गते इन्डियन चेम्बर्स अफ कमर्शले आयोजना गरेको चौंथो आइसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभमा उक्त अवार्ड पाएको हो ।

कम्पनीले प्राप्त गरेको उक्त पुरस्कारहरु कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहलाई हस्तान्तरण गरिएको थियो ।

इण्डियन चेम्बर अफ कमर्शले नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु¥याएका एशियाली महादेश भित्रका बीमा कम्पनीहरु मध्येबाट उत्कृष्ट कम्पनीलाई विगत ४ वर्ष देखि सम्मान् गर्दै आएको छ।