नेको इन्स्योरेन्सको नाफा १४९ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति

नेको इन्स्योरेन्सको नाफा १४९ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा १५० प्रतिशत बढाएर ८ करोड ८० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५२ लाख ८६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ ।

२ अर्ब १ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको महा विपत्ती कोषमा १० करोड ५७ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको संचिती जगेडा कोषमा ३३ करोड १६ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ अर्ब ८१ करोड रहेको छ । कम्पनीको बीमा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७.५० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २११.७१ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४६.०६ गुणा छ ।

यस अवधिमा कम्पनीले ४३ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४१ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन सामान्य बढेको हो ।