हिमालयन लघुवित्तले लाभांश नदिने

हिमालयन लघुवित्तले लाभांश नदिने


हिमालयन लघुवित्तले यस पटक सेयरधनीलाई कुनै पनि लाभांश नदिने घोषणा गरेको छ ।

शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफा सञ्चित गर्ने निर्णय गर्दै लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । त्यस्तै बैठकले गत आर्थिक वर्षको वासलात तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि गत आर्थिक वर्ष कम्पनीले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

अघिल्लो वर्ष कम्पनीले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।