स्वास्थ्य बीमा बोर्डले ४ महिनामा दियो ३ अर्ब बढी दाबी भुक्तानी

स्वास्थ्य बीमा बोर्डले ४ महिनामा दियो ३ अर्ब बढी दाबी भुक्तानी



बैंकिङ्ग समाचर, काठमाडौं ।
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य सेवा प्रदायक अस्पताल तथा स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको पहिलो चार महिनामा बोर्डका स्वास्थ्य सेवा प्रदायक स‌स्थालाई ३ अर्ब १६ करोड ३ लाख ९५ हजार रुपैयाँ दाबी भुक्तानी दिएको हो। बोर्डले असोज २ गते र कात्तिक १ गतेको निर्णयको आधारमा दाबी भुक्तानी दिएको हो।

कार्यक्रम अन्तर्गत सहभागी स्वास्थ्य संस्थाहरूले बीमा कार्यक्रम अन्तर्गत उपचारका लागि आउने सेवाग्राहीको औषधी उपचारपछि सोवापतको खर्च रकम बोर्डसँग सोधभर्ना माग्ने गरेको छ।

बोर्डका अनुसार दोश्रो किस्तावापत ३३८ वटा स्वास्थ्य स‌ंस्थालाई कूल १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरिएको छ। बोर्डले कात्तिक १ गतेको निर्णयका आधारमा देशभरका ३३८ स्वास्थ्य संस्थालाई दाबी भुक्तानीवापतको दोश्रो किस्ताको रकम सोध भर्ना गरेको हो ।