माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष के.सीले गरे शपथ ग्रहण

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष के.सीले गरे शपथ ग्रहण


माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो।

बैंकको बिहीबार बसेको ४९१औं सञ्चालक समितिको बैंठकले रोशन के.सीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो।