वाणिज्य बैंकहरूको औसत आधारदर घट्यो, कसको कति ?

वाणिज्य बैंकहरूको औसत आधारदर घट्यो, कसको कति ?



बैंकिङ्ग समाचार, काठमाडौं ।
हालसम्म ११ बैंकहरूले सार्वजनिक गरेका आधार दरको तथ्याङ्क अनुुसार वाणिज्य बैंकहरूको औसत आधारदर सामान्य घटेको देखिएको छ। बैंकहरूको औसत आधार दर १०.१६ प्रतिशतबाट घटेर १०.०४ प्रतिशत भएको छ।

क्रमिक रूपमा घट्दै गएको कर्जाको ब्याजदर आगामी पुसमा थप घट्ने भएको छ। बैंकहरूको कर्जा लगानीको वृद्धिदर सुस्तिएपछि मंसिरमा बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन्। यसले पुँजी लागत घट्छ र कर्जाको ब्याजदर समेत घट्न सहयोग पुग्छ।

बैंकहरूले मंसिरको लागि प्रकाशित ब्याजदरमा प्रिमियम दर पनि घटाएका छन्। अहिले पनि धेरै बैंकको यस्तो प्रिमियम अधिकतम ५ प्रतिशत छ।

एनआइसी एशिया, सिटिजन्स, एभरेष्ट, राष्ट्रिय वाणिज्य, सानिमा, नेपाल एसबिआई बैंकको अधिकतम प्रिमियम दर ५ प्रतिशतभन्दा पनि कम छ। एनआइसी एशिया बैंकको अधिकतम प्रिमियम दर सबैभन्दा कम ३ प्रतिशत मात्रै छ।