चार महिनामै साढे चार खर्ब बढीको व्यापार घाटा

चार महिनामै साढे चार खर्ब बढीको व्यापार घाटा


बैंकिङ्ग समाचार, काठमाडौं।
भन्सार विभागले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्म मुलुकको व्यापार घाटा साढे ४ खर्बभन्दा बढी पुगेको तथ्यांक सार्वजनिक गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार यो अवधिमा नेपालले कुल ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापार घाटा बेहोरेको हो ।

भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्म कुल ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख ५४ हजार बराबरको वैदेशिक व्यापार गर्दा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख बराबरको आयात गरेको छ भने ५० अर्ब ५६ करोड ५३ लाख बराबरको मात्रै निर्यात गरेको छ ।

गत आवको पहिलो चौमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ७९, निर्यात सात दशमलव ६८, व्यापार घाटा तीन दशमलव ३४ र समग्र वैदेशिक व्यापार चार दशमलव १५ प्रतिशतले घटेको छ ।

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारत हो । चालू आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कुल ३ खर्ब ४७ अर्ब तीन करोड बराबरको व्यापार गर्दा २ खर्ब ८१ अर्ब २ करोड बराबरको व्यापार घाटा बेहोरेको छ ।