गरिमा विकास बैंकले मनायो वार्षिकोत्सव

गरिमा विकास बैंकले मनायो वार्षिकोत्सव


बैंकिङ समाचार, काठमाडौं ।


गरिमा विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ। बैंकले वार्षिकोत्सव अवसरमा १७ वटा विभिन्न संघ–संस्थालाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग उपलब्ध गराएको छ ।
बैंकले विभिन्न तीन स्थानमा गरेको रक्तदान कार्यक्रममा ३६६ युनिट रगत संकलन भएको बताएको छ । त्यस्तै, चार वटा वृद्धााश्रममा न्यानो कपडा, दुई संस्थालाई डस्टबिन, एउटा विद्यालयलाई स्कुल ब्याग, दुई अनाथालयलाई कम्प्युटर, प्रिन्टर तथा इन्भर्टर सहयोग गरेको छ ।
बैंकले वार्षिकोत्सव अवसरमा दुई प्रहरी कार्यालयलाई डिजिटल बोर्ड र कुर्सी, अस्पतालमा फलफूल वितरण तथा मन्दिरमा कुर्सी सहयोगस्वरुप उपलब्ध गराएको जनाएको छ । बैंकले हालदेशभरका १२३ शाखा कार्यालयमार्फत बैकिङ सेवा दिँदै आएको छ।