चार महिनामा ५ खर्बको आयात हुँदा ५० अर्बको निर्यात

चार महिनामा ५ खर्बको आयात हुँदा ५० अर्बको निर्यात



बैंकिङ्ग समाचार, काठमाडौ ।
चालू आर्थिक वर्ष २०८०/८१ को चौथो महिना अर्थात कात्तिक महिनासम्ममा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात ३.७९ प्रतिशतले घटेको छ भने निर्यात ७.६८ प्रतिशतले घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनाको अवधिमा नेपालले ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु आयात गरेको छ । जुन त वर्षको तुलनामा ३।७९ प्रतिशतले कम आयात भएको छ । गत आवको सोही अवधिमा भने ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

यस अवधिमा नेपालले ४ खर्ब भन्दा बढी व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा नेपालले ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा ३।३४ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

कात्तिक महिनासम्म ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।