सामसङ नेपालको भूकम्प पीडितलाई ४० लाख सहयोग

सामसङ नेपालको भूकम्प पीडितलाई ४० लाख सहयोग



बैंकिङ्ग समाचार, काठमाडौं ।
सामसङ नेपालले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितलाई ४० लाख सहयोग प्रदान गरेको छ।

सामसङ नेपालका प्रमुख ⁄ एमडी सुङ जुन पार्कले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० लाख रूपैयाँको सहयोग हस्तान्तरण गरेका छन्।

यस आर्थिक सहयोगबाट प्रभावित क्षेत्र र त्यहाँका जनतालाई आवश्यक पर्ने राहत र सहयोग प्रदान हुने आशा सामसङ नेपालले राखेको छ।