‘डिजिटल बैकिङ्गको प्रयोगका लागि वित्तिय ज्ञान अपरिहार्य’

‘डिजिटल बैकिङ्गको प्रयोगका लागि वित्तिय ज्ञान अपरिहार्य’


बैकिङ्ग समाचार, काठमाडौं । 
वर्तमान अवस्थामा बैकिङ्ग सेवा डिजिटल युगमा प्रवेश गरेको छ । पहिले भन्दा कैयौं गुणा धेरै बैकिङ्ग ‘प्रोडक्ट’ र सेवा थपिएका छन । यसले सुविधा मात्रै थपेको छैन, बैकिङ्ग कारोबारमा सहजता पनि ल्याएको छ । डिजिटल प्रविधिमार्फत कार्य सम्पादन तथा व्यवस्थापन हुँदा कारोबारमा सहज हुनुको साथै समय र लागतको पनि बचत भएको ग्लोबल आईएमई बैंकमा  डिजिटल बैकिङ्ग प्रमुख जिम्मेवारी सम्हालेका परमेश्वर श्रेष्ठ बताउँछन। बैकिङ्ग समाचारसँग कुरा गर्दै उनले भने‘ डिजिटल बैकिङ्गबाट ग्राहकहरुले सजिलै घरबाटै खाता खोल्न सक्छन, कर्जा लिन पनि सक्छन, वद्युतिय कारोबारबाट विभिन्न सेवाहरुको शुल्क तिर्न सक्छन, खाताको विवरण र कारोबारको व्यहोरा एक सेकेण्डमैै जानकारी लिन सक्छन, रकम ट्रान्सर्फर तथा अन्य महत्वपूर्ण कार्यहरु गर्न सक्दछन । यसले कारोबार गर्दा एकदमै सु–व्यवस्थित तथा लाभदायक भएको छ।’

डिजिटल बैकिङ्ग प्रोत्सानका लागि अहिले ग्लोबल आईएमई बैंकले ‘इन्टर्नल्ली’ (बैंकका आन्तरिक काम कारवाही) र ‘एक्सटर्नल्ली’(जनतामाझ) दुई विषयलाई प्राथमिकता दिएको उनले जानकारी दिए ।  उनले भने, ‘हामीले हाम्रो अफिसलाई नै पेपरलेस बनाएका  छौँ । यती मात्रै नभई हामीले कार्यालयको गेटमा बस्ने गार्ड दाईहरुलाई पनि यसको प्रयोग र सहजताको बारेमा सिकाएका छौँ । यसले आम ग्राहककर्तालाई थप प्रोत्साहित बनाएको छ ।’ ग्लोबल आईएमई बैंकले मोबाइल बैकिङ्गको प्रचार र प्रोत्सानका लागि छुट्टै टिम खडा गरी काम गर्ने रणनिति बनाएको उनले बताए । यसले थप प्रचारको लागि टेवा पुग्ने बैंकको विश्वास छ । पाँच वर्ष पहिला र अहिलेको तुलना गर्दा डिजिटल ‘इकोसिस्टमा’ ठुलो परिर्वतन आएको छ । यसको परिर्वतनमा आाफुहरुको पनि ठुलो योगदान रहेको उनी बताउँछन । करिब २२ लाख ग्राहक रहेको ग्लोबल आईएमई बैंकमा १० लाख भन्दा बढि डिजिटल बैकिङ्गको प्रयोग गर्दछन । बैंकले यसको प्रोत्सानको लागि खाता खोलेको ६ महिनासम्म निशुल्क सेवा उपलब्ध गराएको उनले बताए ।

‘सुरक्षीत बैकिङ्ग कारोबार गर्नका लागि ग्राहकहरुले आफुलाई प्रदान गरिएको पिन र पासवर्ड कसैसँग पनि साटासाट गर्नु हुँदैन । आफुले विश्वास गरेको बैंकलाई पनि दिनु हुँदैन ।'

डिजिटल बैकिङ्गको प्रयोगका लागि वित्तिय ज्ञान अपरिहार्य छ । वित्तीय साक्षरतामार्फत डिजिटल बैकिङ्गमा प्रयोग हुने प्रविधिका उपकरणहरुको प्रयोग गर्ने तरिका र त्यसबाट हुने लाभ बारेमा जनसमुदायमा ठूलो शिक्षा दिने गर्छ। वित्तीय साक्षरतामार्फत नै समुदायमा पैसाको महत्व, त्यसको सदुपयोग र बचत मात्रै नभई डिजिटल प्रणालिका बारेमा समेत ज्ञान प्रदान गर्न सक्ने श्रेष्ठ बताउँछन् । ग्लोबल आईएमई बैंकले वित्तिय ज्ञान प्रदानको लागि जनसमुदायमा थुप्रै ज्ञान प्रदान गर्ने कार्यहरु गरेको पनि उनले सुनाए । उनले भने, ‘ डिजिटल बैकिङ्गको प्रयोग र प्रोत्सानको लागि हरेक व्यक्ति, परिवार, समुदाय सबैलाई एकिकृत ज्ञान प्रदान गर्नमा बैंक लागेको छ । अझैँ पनि परम्परागत बैकिङ्ग कारोबार त कम भएको छैन । तैपनी डिजिटल प्रणालिमा जानुपर्ने हाम्रो मुख्य एजेन्डा हो ।’

वित्तीय पहुँच र त्यसमा वित्तीय सस्थांहरुले दिने प्रवाभकारी सेवाले मात्र डिजिटल सेवा विस्तार गर्न सकिन्छ ।  त्यसको लागि डिजिटल बैकिङ्गको प्रयोगका बारेमा आम ग्राहकहरुलाई हातै समाएर सिकाउनुपर्ने अवस्था छ । यसको लागि बैंक तिब्र रुपमा लागिपरेको उनले सुनाए । उनले भने, ‘बैंकमा लाखौ पैसा भएका ग्राहकहरु पनि छन । तर उनीहरुले डिजिटल बैकिङ्गको प्रयोग गर्दैनन । सामान्य रुपमा एटीएम नै प्रयोग नगर्ने उपभोक्ताहरुले अन्य सेवाहरु कसरी प्रयोग गर्लान र ? त्यसैले बैंकले डिजिटल माध्यामलाई बिशेष प्राथमिकता दिई उपभोक्ताहरुलाई जानकारी गराई डिजिटल प्रणालीमा ग्राहकलाई ल्याउनेतर्फ ध्यान दिएको छ ।’  

अहिले शहरी क्षेत्रका अधिकांश खाद्यान्न पसल, किराना पसल, फलफूल र तरकारी पसल आदिमा क्यूआर पेमेन्टको होड चलेको छ । यतीबेला यो भुक्तानीमा अत्यन्तै सरल सहज बन्दै गइरहेको उनले सुनाए । उनले भने, ‘यो सिस्टम नेपालमा बैंकहरुले निशुल्क जस्तै उपलब्ध गराइरहेका छन । तर, अझै पनि धेरै उपभोक्ताले यसको राम्रोसँग प्रयोग गर्न जानेका भने छैनन । मर्चेन्टहरु पनि सोही अनुरुपले पूर्ण रुपमा तयार भइसकेको अवस्था छैन । यसको व्यापक प्रयोग गरेको भए, ग्राहकहरू बैंकको शाखासम्म पुगेर नगद झिक्ने र नगदको कारोबार गर्न बाध्य हुनुपर्ने थिएन ।’ क्युआर पेमेन्टको लागि मर्चेन्टहरुले क्युआर कोड लिनुपर्ने हुन्छ । तर लिने प्रक्रिया झनझट भएकाले उनीहरु आकर्षित हुन नसकेको उनको बुझाइ छ । 
डिजिटल बैकिङ्गको पहुँचले खर्चमा कटौती, सरल, सवल र छिटो सेवा प्रवाह, जुनसुकै समय र स्थानबाट कारोबार गर्न सकिन्छ । यसको प्रयोगले उत्पादकत्वमा वृद्धि, समयको बचत, कागजी नोट र छुट्टा पैसा बोक्नुपर्ने झनझट, पैसाको सुरक्षा र स्मार्ट जीवनशैली बनाउनमा सहयोग पुग्न सक्ने उनी बताउँछन । डिजिटल बैकिङ्गमा केही ब्यवहारिक समस्याहरु पनि छन । सामान किन्दा कार्ड स्वाप गर्दा भुक्तानी नहुने, एटीएम मेसिनमा पैसा निकाल्नै समस्या, क्युआर पेमेन्ट गर्न खोज्दा भुक्तानी नहुने, रकम ट्रान्सफर गर्न खोज्दा ‘इरर’ मात्रै देखाउने लगायतका विभिन्न सतहका समस्याहरु बेला बेलामा आइरहन्छन । यस्ता विविद समस्याहरुलाई कम कसरी गर्न सकिन्छ भन्नेतर्फ बैंक तिब्र रुपमा लागेको उनी बताउँछन । उनी भन्छन, ‘केही काम गर्दा कुनै न कुनै समस्याहरु त आइहाल्छन । तर यसलाई समाधान कसरी गर्ने भन्ने मुख्य कुरा हो । ग्लोबल आईएमई बैंकका ग्राहकहरु सुरक्षाको हिसाबले पूर्ण रुपमा सुरक्षीत छन । त्यसमा कुनै संकोच मान्नुपर्ने अवस्था छैन । देखापरेका समस्याहरु भने विस्तारै हटेर जान्छन ।’

समस्यालाई सम्बन्धित निकायाले निराकरण गर्दै प्रभावकारी बनाउन जरुरी रहेको उनी बताउँछन । यसको प्रयोग गर्दा आफुसँग भएको पासर्वड र पिन सुरक्षीत राखी कारोबार गर्दा थप सुरक्षीत हुने बताउँदै उनले भने, ‘सुरक्षीत बैकिङ्ग कारोबार गर्नका लागि ग्राहकहरुले आफुलाई प्रदान गरिएको पिन र पासवर्ड कसैसँग पनि साटासाट गर्नु हुँदैन । आफुले विश्वास गरेको बैंकलाई पनि दिनु हुँदैन ।'

सामान्य देखि सामान्य भुक्तानीमा क्युआर कोड महत्वपूर्ण छ । यतीबेला मर्चेन्टहरुले चाहेको बेला तुरुन्तै क्युआर कोड लिन सकिरहेका छैनन । त्यसैले मर्चेन्टहरुलाई दिइने क्युआर कोडको प्रक्रिया सवल र सामान्य बनाउने हो भने डिजिटल बैकिङ्गको प्रयोग थप सहज हुन्छ भन्ने लागेको उनले बताए  ।

\"\"