सबैभन्दा बढी कर तिर्नेमा आइएमई सम्मानित

सबैभन्दा बढी कर तिर्नेमा आइएमई सम्मानित


समग्र रेमिट्यान्स कम्पनीहरूमध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौंमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थ मन्त्री डा. प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेम राज ढकालले उक्त सम्मान ग्रहगरेका हुन् । गर्नुभएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिटेन्स तर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो ।