बीमा प्राधिकरणले बैंकहरुमा लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आह्वान

बीमा प्राधिकरणले बैंकहरुमा लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आह्वान



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बीमा प्राधिकरणले बैंकहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी आवश्यक विवरणहरु खुल्ने गरी ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न प्राधिकरणले आह्वान गरेको छ। पेस हुन आएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ।

बैंकहरुले अन्तिमपटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा–नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति ९एनपीए०, बैंकको कर्जा निक्षेप अनुपात सीडी रेसियो, स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोषलगायत विवरण पेस गर्नुपर्नेछ।