बल्खुमा तनावः दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान

बल्खुमा तनावः दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान


काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । ढुंगामुढा पश्चात त्यहाँका कार्यलयहरु र केही संरचनामा क्षति पुगेको छ भने । सबै सटरहरु पनि बन्द गरिएका छन । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गरिरहेको छ ।

अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।